मृगौला दिवसमा विराटनगरकोे योङहर्टले गर्यो नि:शुल्क मृगौला परिक्षण

मृगौला दिवसमा विराटनगरकोे योङहर्टले गर्यो नि:शुल्क मृगौला परिक्षण

विराटनगर, १ चैत ।
विराटनगरमा रहेको योङहर्टले विश्व मृगौला दिवसको अवसरमा वाकाथुन तथा मृगौला सम्बन्धि निःशुल्क परिक्षण गरेको छ। विराटनगरमा दिवसको अवसर पारेर मृगौला सम्बन्धि समस्या तथा त्यसको रोकथामको बारेमा निशुल्क परामर्श तथा परिक्षण गरेको हो ।
गोल्डेन अस्पतालको सहकार्यमा होटल नमस्कारमा भएको कार्यक्रम ज्योती लाईफ ईस्योरेन्स तथा लियो डिस्ट्रिकको आयोजनामा भएको थियो । कार्यक्रममा डा रमेश चौरसियाले मृगौलालाई कसरी सुरक्षित गर्ने उपाय सहित सामान्य उपचार पद्धतीको बारेमा जानकारी दिएका थिए । ्
आम नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको मृगौला उपचारको बारेमा जानकारी लिन आए सर्बसाधारणले धेरैकुरा सिक्न पाएको बताएका क्लबका अध्यक्ष कविराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्