पुर्ब सांसदको वर्तमान निर्वाचन प्रणाली बारेको चिन्ता, विराटनगरमा भेला गर्दै

पुर्ब सांसदको वर्तमान निर्वाचन प्रणाली बारेको चिन्ता, विराटनगरमा भेला गर्दै

विराटनगर, १ चैत ।
पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तन हुनु पर्ने बताएको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छलफल गर्ने भएको हो ।

विराटनगरमा चैत २ गते हुने कार्यक्रमले निर्वाचन प्रणालीमा भएका त्रुटि, कानूनका कारण भएको अप्ठ्यारो तथा संविधानमा निर्वाचन प्रणालीका विषयमा पनि समस्या रहे नरहेको विषयमा छलफल हुने पूर्व सांसद घनेन्द्र बस्नेतले बताए । आफु शुरुमा निर्वाचनमा उठ्दा ३ हजारमा निर्वाचन जितेको स्मरण गर्दै उनले भने, तर अहिले निर्वाचन महँगो भयो, यही अबस्था हो भने पछिल्लो निर्वाचनसम्म आउँदा करोड खर्च गरेका कुराहरु आएका छन् । अहिलेको निर्वाचन प्रणालीको विकल्पम बिभिन्न बिकल्पहरु आएको समेत जानकारी दिए ।
संविधान कार्यान्वयनका सम्बन्धमा भएका काम, सरकारले अबलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक भए नभएको विषयमा पनि छलफल हुने बस्नेतले बताएका छन् । पुर्ब सांसद मञ्चका महासचिव शंकर शर्मा अधिकारीले अहिलेकै अबस्थाका निर्वाचन प्रणाली अत्याधिक खर्चिलो भएकोले अहिलेकै अबस्था हो भने सामान्य ब्यक्ति निर्वाचनमा जान सक्ने अबस्था नरहेकोले कालोधन खोज्नु पर्ने अबस्थाको अन्त्य हुनु पर्ने बताए ।
विद्यमान राजनीतिक विषयमा पनि छलफल हुने उनले बताए । विप्लव नेतृत्वको नेकपाले हतियार उठाउने गरि हिंसात्मक आन्दोलन गर्नुको औचित्य अहिलेको सन्दर्भमा नरहेको पनि पुर्ब सांसद मञ्चको निश्कर्ष छ । पूर्व सांसद मञ्च दुई दशक अगाडि स्थापना भएको पूर्व सांसदहरु आबद्ध संस्था हो । लोकतन्त्रको सृद्धिढीकरणका लागि भन्दै मञ्चले विभिन्न प्रदेश तथा जिल्लाहरुमा समसामयिक विषयहरुमा कार्यक्रम गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्