विराटनगरमा आज पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा

विराटनगरमा आज पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा

विराटनगर १ चैत्र ।

विराटनगर हाटखोलामा रहेका आरोहण गुरुकुल शुशिला नाटक घरमा आज पूर्व मिस नेपाल आउदै छिन् । युवा जानगरण नेपालले आयोजना गर्न लागेको युवा उत्प्रेरणात्कम तथा मनोविज्ञान शिविरमा पूर्व मिस नेपाल विराटनगरमा आउन लागेकी हुन् । साथै कार्यक्रम्मा नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ वासु आचार्य पनि प्रमुख वक्ताको रुपमा आउने युवा जागरण नेपालका अध्यक्ष सविन घिमिरेले जानकारी गराए ।

सेमिनारमा मानसिक अबस्था , सोच्ने तरिका , कसरी आफूलाई खुशी राख्ने , आत्मबल कसरी बढाउने , सकारत्मक सोचलाई कसरी व्यावस्थित दैनिक जिवनमा अगाडि बढाउने जस्ता विविध विषयमा युवाहरुलाई जानकारी गराईने छ । शिविर विहान ८ बजे र १२ बजे गरी २ चरणमा गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्