विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप : आज श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुँदै

विराटनगरमा  जारी साफ महिला च्याम्पियन्सीप  :  आज श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुँदै

विराटनगर,१ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियन्सीप फुटबल अन्तगत आज समूह बीको श्रीलंका र माल्दिभ्स विच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा चारपटकको विजेता भारतसँग ६–० को गोल अन्तरले पराजित भएको माल्दिभ्सले दुईपटक सेमीफाइनलको यात्रा तय गरिसकेको श्रीलंकाको सामना गर्नेछ । जारी प्रतियोगितामा अन्तिम चारमा प्रवेशका लागि माल्दिभ्सले श्रीलंकालाई जित्नु पर्ने दवाब रहेको छ भने श्रीलंकाले जिते अन्तिम चारमा स्थान बनाउँदै माल्दिभ्सलाई लिग चरणबाटै घर फर्काउने छ ।

साफको पाचौं संस्करणसम्म आइपुग्दा माल्दिभ्सले कुल १३ वटा खेल खेलेको छ । जसमा ३ जित दुईमा बराबरी र ७ खेलमा पराजित भएको छ । पछिल्लो समय महिला फुटबलमा दरिलो बन्दै गएको माल्दिभ्सको टोली गत संस्करणमा सेमीफाइनलसम्म यात्रा गरेको थियो । सो खेलमा साफको साविक विजेता भारतसँग ६–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

यता श्रीलंकाले पाचौं संस्करणसम्म आइपुग्दा ५ खेलमा जित, १ बरावरी र ८ खेलमा हार ब्यहाेरेकेा थियाे ।  श्रीलंकाले साफमा दुई पटक अन्तिम चारको यात्रा तय गरेको छ । सन २०१२ सालमा घरेलु मैदानमा सम्पन्न दोश्रो साफमा श्रीलंकाले पहिलोपटक अन्तिम चारको यात्रा तय गरेको थियो । अन्तिम चारमा नेपालसँग श्रीलंका ३–० को गोल अन्तरले पराजित भएको थियो ।

पाकिस्तानमा सन २०१४ मा आयोजित तेश्रो साफमा श्रीलंकन टोलीले अन्तिम चारमा स्थान पक्का गरेको थियो । अन्तिम चारमा अहिले साविक विजेता भारतसँग श्रीलंका ५–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो । श्रीलंकाले हालसम्म साफमा १४ वटा खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्