दाङ, १ चैत । दाङमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ। तुल्सीपुरको न्यू मनकामना इट्टा उद्‍योगबाट गएराति दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले भारतीय गाडीसमेत नियन्त्रणमा लिएको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। उनीहरु नेपाल किन प्रवेश गरे खोजी भइरहेको छ। दाङ प्रहरीले भने सूचना दिन मानेको छैन।

प्रतिक्रिया लेख्नुहोस