ताप्लेजुङमा प्रहरीद्वारा दश थान अवैध भरुवा बन्दुक बरामत

ताप्लेजुङमा प्रहरीद्वारा दश थान अवैध भरुवा बन्दुक बरामत

ताप्लेजुङ, चैत १ गते ।

ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार बिहान पत्रकार सम्मेलन गरी बरामत भएको भरुवा बन्दुक सार्वजनिक गरेको छ । भरुवा बन्दुक (हतियार) सार्वजनिक गर्दै ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले फक्ताङ्लुङ गाउँपालिका वडा नं. २ खेजेनिम, वडा नं. ३ लिङ्खिम र वडा नं. ४ इखाबुबाट सो हतियारहरु बरामत गरिएको जानकारी दिनुभयो ।

डीएसपी थापाका अनुसार बरामत भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर सङ्कलन गरिएका हुन् । प्रहरीले बरामत गरेको भरुवा बन्दुकमध्ये एक थान नाल मात्र रहेको छ ।Varuwa-Taplejung
यता जिल्लामा भएका अवैध (बन्दुक) हतियारहरुका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जान थालेपछि जिल्ला सुरक्षा समितिले गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको छ । सर्वपक्षीय बैठक नै बोलाएर भरुवा बन्दुक लगायतका अवैध हतियारहरु सङ्कलन गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
हतियार सङ्कलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएको प्रजिअ भण्डारीले बताउनुभयो । उहाँले गाउँघरमा भएका अवैध हात हतियार सङ्कलन गर्ने अभियान थालेसँगै फक्ताङ्लुङबाट हतियार सङ्कलन शुरु भएको बताउनुभयो ।
यस्तै सुरक्षा समितिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न अहिले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अभियानलाई तीब्रता दिएको डीएसपी थापाले बताउनुभयो । स्थानीय तह सँगको समन्वय र सहकार्यसँगै सम्बन्धित ठाउँमा रहेको प्रहरीचौकीमार्फत अवैध हातहतियारबारे हाल सूचना लिने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । अवैध हात हतियारसम्बन्धी सूचना लिने क्रमसँगै हतियार धनीलाई आपूmसँग भएको हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको तथा आग्रहलाई बेवास्ता गरी नबुझाएमा प्रहरीले नै हतियार नियन्त्रणमा लिने र धनीलाई कानुनी कारबाही गरिने उहाँले बताउनुभयो ।
हतियार धनीलाई आपूmसँग भएको हतियार बुझाउन दिएको निश्चित समयभित्र बुझाएमा उसलाई पुरस्कृत गर्ने निर्णय भएको पनि डीएसपी थापाले जानकारी दिनुभयो । त्यस्तै कसैसँग हतियार रहेको छ भन्ने सुराक (सूचना) दिनेलाई पनि गोप्य रुपमै पुरस्कृत गरिने उहाँले बताउनुभयो । यसअघि गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनका समय र पछिल्लो पटक गरी हालसम्म करिव ९० थान अवैध हतियार (भरुवा बन्दुक) बरामत गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्