दोलखामा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दोलखामा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दोलखा, चैत १ ।

माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो ।

बसमा चालकसहित करिब २५ जना मजदुर सवार थिए । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्