गरिखानेको कथा:पाँचथरको फिदिममा गाईपालनबाटै मासिक ७० हजार बढी आम्दानी गर्दै रमा

गरिखानेको कथा:पाँचथरको फिदिममा गाईपालनबाटै मासिक ७० हजार बढी आम्दानी गर्दै रमा

पाँचथर, चैत १ ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् ।

पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चाँदनी गाई फर्म दर्ता गरेर गाईपालन गर्न थालेकी पौड्यालले दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएकी छन् । उनको गाई फार्ममा दूध किन्न डेरी सञ्चालकहरु पुग्ने गरेका छन् ।

उन्नत जातका गाई पालेर समाजमा उदाहरणीय बन्दासमेत सरकारी निकायबाट भने कुनै सहयोग नपाएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्