विराटनगरबाट शुरु भयो माेरङमा ट्राफिक सचेतना अभियान, मेयरले लगाईदिए सवारी पाेशाक

<span class='c1'>विराटनगरबाट शुरु भयो  माेरङमा ट्राफिक सचेतना</span> <span class='c2'>अभियान,  मेयरले  लगाईदिए सवारी पाेशाक</span>

 प्रेम देवान
विराटनगर, १ चैत । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले सवारी चालकलाई सवारी पोशाक वितरण शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले चैत १ गतेबाट लागु हुनेगरी चालक पोशाक कार्यान्वयन शुरु गरेको हो । विराटनगरमा १५ दिने सवारी दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत सवारी चालक र सहचालकलाई सवारी पोशाक वितरण थालिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक कार्यक्रम विच प्रदेश नम्बर एकका सवारी चालक तथा सहचालकलाई पोशाक लगाएर अभियान शुभारम्भ गरे । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी प्रमुख एसपी मनोज केसी लगायतले सवारी चालक तथा सह चालकलाई सवारी पोशाक वितरण गरेका थिए । ग्लोबल आइएमी बैकले पोशाकको सौजन्य गरेको छ । लामो तथा छोटा दुरीका सवारी चालकलाई रातो र सहचालकलाई हरियो पोसाक वितरण गरिएको हो ।
६२ जनाको मृत्यु
आर्थिक वर्ष २०७५ / ७६ मा ३ सय २३ सवारी दुर्घटना भएकोमा ६२ जनाको मृत्यु भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्बजनिक गरेको छ । ६ सय ८९ जना घाईते भएका छन् । जसमा ४ हजार २ सय ९१ वटा सवारी कारबाहीमा परेका छन् । कार्वाहीमा परेका सवारीबाट दुई करोड १५ लाख ५५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले जानकारी दिए ।
सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने अभियान अन्तरगत टा«फिक नियम पालना सम्बन्धी कार्यक्रम आजैदेखि बिशेष अभियान संचालन गरिएको प्रहरी निरीक्षक पोखरेलले बताए ।
पछिल्लो समय ट्राफिक दुर्घटनाका घटना तथ्यांकमा हेर्दा भयाबह देखिएकोले त्यस्तो घटना हुन नदिनको लागि अभियान संचालन जरुरी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश के.सी.ले बताए । दुर्घटनाबाट ठुलो समुदाय प्रभावित भएको तथा जनजविनमा क्षती पुगेको केसीको भनाई छ ।
ट्राफिक नियमको पालना गराउन समस्या रहेको औल्याउँदै मोरङका प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले प्रसस्तै जनचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्ने अबस्था आएको बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर भित्र ट्राफिक व्यावस्थापनको लागि बजेट छुट्याएर छुट्टै संयन्त्र बनाएर काम भईरहेको सुनाए । आगामी दिनमा ट्राफिक दुर्घटना न्यूनिकरण गर्न महानगरले हरेक क्षेत्रमा साथ र सहयोग गर्ने मेयर पराजुलीले प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्