विराटनगरको न्यूरोद्वारा ताप्लेजुङका विपन्न बिद्यार्थीकालागि एक लाखको अक्षयकोष स्थापना

<span class='c1'>विराटनगरको न्यूरोद्वारा ताप्लेजुङका विपन्न बिद्यार्थीकालागि</span> <span class='c2'>एक लाखको अक्षयकोष स्थापना</span>

विराटनगर, १ चैत ।
बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहंवहादुर ईवारमलाई न्यूरो हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्टले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् । कार्यकारी निर्देशक विष्टले गरिब तथा बिपन्न भएकै कारण बालबालिकाले शिक्षाबाट बञ्चित हुन नहुने भन्दै अक्षयकोष स्थापना गरिएको बताईन् । उनले सामाजिक उत्तरदायित्वका रुपमा हस्पिटलबाट हुने सानो सहयोगले समाजका गरिब तथा बिपन्न बालबालिकालाई पढ्न राहत मिल्ने बताईन् ।
सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहंवहादुर ईवारमले न्यूरो हस्पिटलले स्थापना गरेको अक्षयकोषले ताप्लेजुङका विपन्न बालबालिका लाभान्वित हुनेमा खुसी व्यक्त गरे । अहिलेपनि ग्रामिण बस्तीमा धेरै बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित भएको बताउँदै त्यस्ता बालबालिकालाई बिद्यालय ल्याउन अभिप्रेरित गर्ने सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्