पेइङको नाममा कोशी अञ्चल अस्पतालमा ठगी, परीक्षण शुल्कमा डाक्टरको तजविजी

<span class='c1'>पेइङको नाममा कोशी अञ्चल अस्पतालमा</span> <span class='c2'>ठगी, परीक्षण शुल्कमा डाक्टरको तजविजी</span>

विराटनगर, १ चैत ।  नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा बिरामी ठगीमा पर्न थालेका छन्। जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भए पनि अस्पतालका चिकित्सकहरूले ड्युटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरूबाट रकम अशुल्ने गरेको पाइएको छ। बहिरंग सेवा लिन आउने बिरामीको अधिक चापका कारण अस्पतालले दिउँसो पेइङ सेवामार्फत सहुलियतमा सेवा दिन थालेको बताएको थियो।

पेइङ सेवा भनिए पनि निजी अस्पतालको तुलनामा सहुलियतपूर्ण हुनुपर्नेमा कतिपय परीक्षण र सेवाशुल्कहरू निजी क्लिनिकहरूको भन्दा महँगो रहेको पाइएको छ। बिहीबारको एउटा घटनाले कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा भइरहेको बेथितिलाई उजागर गरेको छ। विराटनगर १० की ७ वर्षीया श्रेया गौतमको दाँतको उपचारका लागि ५० रुपैयाँ तिरेर ओपिडी सेवाको पुर्जा लिइएको थियो। पुर्जाअनुसार डेन्टल वार्डमा दाँतको परीक्षण भयो तर, कुन चिकित्सकले परीक्षण गरेको हो भन्ने कुरा पुर्जामा खुल्दैन।

परीक्षण गर्ने चिकित्सकले हस्ताक्षर नगरेका कारण परिचय नखुलेको हो। परीक्षणपछि दाँतको एक्सरे गर्नुपर्ने कुरा पुर्जामा लेखियो र साथमा एक्सरेको शुल्क २ सय रुपैयाँ बुझाउनुपर्ने संकेत पनि पुर्जामै उल्लेख गरियो। सोहीबमोजिम बिल काउन्टरले रकम बुझ्यो। एक्सरे भएपछि रिपोर्ट देखाउन लगियो। रिपोर्ट हेरेपछि ती डाक्टरले बिरामीलाई २ बजे लिएर आउन भने। चिकित्सकको सल्लाहबमोजिम २ बजे फेरि अस्पताल पुगेर उपचार गर्न आग्रह गर्दा चिकित्सकले उपचार गर्न मानेनन्। अस्पतालको ओपिडी वार्डको १४ नम्बर कोठामा बिहान परीक्षण गरिएको बिरामी दिउँसो त्यही पुग्दा चिकित्सकहरूले ओपिडीको पुर्जा दिउँसो नचल्ने भन्दै पेइङको पुर्जा लिएर आउन भने।

पेइङ सेवामा ३५० रुपैयाँ तिरेर ओपिडी पुर्जा काटेपछि एक महिला डाक्टरले पुर्जामा २ हजार रुपैयाँ लेख्दै काउन्टरमा पठाइन्। एउटा दाँत भरेकै २ हजार पेइङ सेवामा बिरामीलाई नै नहेरी २ हजारको आरसिटी गर्ने बिल काटेपछि बालिकाको दुखेको अनुमान गरिएको दाँत सामान्य ड्रिल गररे प्लाष्टर भरियो। त्यस क्रममा वार्डका दुई चिकित्सकबीच निकैबेर समस्या छ वा छैन भन्नेमा विवाद भयो। अर्कोपटक बिरामीको दाँतको एक्सरे गरियो र डा.अनुप खनालले प्लास्टर गरे। करिब ७ महिनाअघि पनि श्रेयाको चारवटा दाँत त्यसरी नै भरिएको आमा शिलाको भनाइ छ। त्यतिबेला कोशी अञ्चल अस्पतालमा यो सेवा नहुँदा एक्सरेपछि चिकित्सकले बाहिर पठाएका थिए।

स्टार डेन्टलमा चारवटा दाँच भर्दा २ हजार रुपैयाँ शुल्क लागेको थियो’ श्रेयाकी आमा शिलाले भनिन्, ‘सरकारी अस्पतालमा उपचार गर्न गएको त एउटा दाँत भरेकै २ हजार लाग्यो, त्यसमाथि एकैदिन दुईपटक ओपिडीको पुर्जा काटेर ४ सय बुझाउनुपर्‍यो।’ ओपिडीको उपचार पूरा नहुँदै पेइङमा बाध्य  ओपिडी सेवा लिन पुर्जा काटेका बिरामीको उपचार प्रक्रिया पूरा नहुँदै पेइङको पुर्जा काट्न लगाएर ठगी गरेको यो प्रतिनिधि घटना हो। अस्पतालमा चिकित्सकले बिहानको ओपिडी समयमा भीड रहेको भन्दै दिउँसो बोलाउन थालेका छन्।

उनीहरूले १२ नबज्दै बिरामीलाई २ बजेपछि आउन भन्ने गरेका छन्। तर, २ बजे आउने बिरामीले पेइङ सेवामा ३५० रुपैयाँ तिरेर अर्को पुर्जी काट्नुपर्छ। पेइङ सेवामा लिने उपचार सेवा वापतको रकम चिकित्सकले पुर्जामा नै लेखेर पठाउनुलाई पनि शंकास्पद रूपमा लिइएको छ। अन्य समयमा परीक्षण गर्ने विषय मात्र चिकित्सकले लेखेर त्यसको रकम काउन्टरले नै काट्ने गरेकोमा डेन्टलमा भने डाक्टरले पुर्जीमै रकम तोक्ने गरेका छन्। अर्को अनौठो विषय कोशी अञ्चल अस्पतालले जारी गरेको ओपिडी पुर्जा २ प्रकारको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुर्जा बिहानको ओपिडीमा प्रयोग हुन्छ भने पेइङ सेवामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश १ को पुर्जा छ।

प्रदेश सरकारको नाममा जारी भएको पुर्जाबाट प्राप्त भएको रकम कसरी प्रयोग हुन्छ भन्ने अस्पताल प्रशासनले पनि स्पष्ट जानकारी दिन सकेन। निजी क्लिनिकमा चिकित्सकहरूले बिरामी जाँचेको शुल्क ५ सय रुपैयाँ लिने गरेका छन्। सरकारी स्रोतसाधन प्रयोग गरेर सोही अस्पतालमा पेइङको नाममा लिइने गरेको ३५० रुपैयाँ अत्यधिक हो। अस्पतालका डेन्टल विभागका प्रमुख डा. सुधीर श्रेष्ठले बालबालिकाको पछाडिको दाँतको आरसिटी उपचार अस्पतालमा भर्खरै सुरु भएको र अन्यत्रभन्दा कम शुल्कमा उपचार गर्ने गरेको दाबी गरे।

‘बिहानको भीडमा आरसिटी सेवा दिनै सकिँदैन’ डा. श्रेष्ठको दाबी छ ‘त्यही भएर पेइङबाट सेवा दिन थालेका हौँ, जुन बाहिरको तुलनामा आधाभन्दा बढी सस्तो छ।’ डाक्टरहरूले बुझाएर बिरामीलाई नभनेको र दोहोरो पुर्जी काट्न लगाएको हुनसक्ने बताउँदै उनले भोलिबाटै त्यसमा सुधार हुने दाबी गरे। साभार : थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्