खेलाडीलाई हाैसला प्रदान गर्न सामाजिक विकास मन्त्री धनगढीमा, प्रदेश १ काे विजयी शुरुवात

<span class='c1'>खेलाडीलाई हाैसला प्रदान गर्न सामाजिक विकास मन्त्री</span> <span class='c2'>धनगढीमा, प्रदेश १ काे विजयी शुरुवात</span>

धनगढी, २ चैत । सुदुरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे धनगढी  पुगेका छन् । सुदुरपश्चिम प्रदेश सरकारद्वारा आयोजित प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन मन्त्री घिमिरे धनगढी पुगेका हुन्  ।  प्रतिनिधि सभा सभामुख कृष्ण बहादुर महराले उद्घाटन गरेकाे   कार्यक्रममा १ न प्रदेश सरकारको प्रतिनिधित्व गर्दै मन्त्री घिमिरेले सम्बोधन गरेका थिए ।  सम्बोधनको क्रममा सघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिने कुरामा ढिलाइ गर्न नहुने बताउदै सघियता र लोकतान्त्रिक पद्धतिको वकालत मात्र गर्ने भन्दा यसलाई व्यवहारमा पनि लागु गर्नु पर्ने बताए।

प्रतियोगितामा फुटबल, क्रिकेट, व्याटमिन्टन लगायत खेलमा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा आयोजित  कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सासद लगायत  व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

खेलाडीकाे उत्कृष्ट प्रदर्शन : प्रतियाेगिताकाे शुरु देेखि ने प्रदेश १ ले  खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार भएको पुरुष क्रिकेटमा प्रदेश न १ले प्रदेश ३ माथि  ७ विकेटले पराजित गर्दै जित आफ्नाे पक्षमा पारेकाे हाे ।   प्रदेश  ३ ले दिएको ९२ रनको लक्ष्य प्रदेश न १ ले ७ विकेट बाँकी छदै पूरा गरेको  हाे । त्यस्तै   फुटबल खेलमा प्रदेश न १ ले प्रदेश न २ सँग ३-३ गोलको बराबरिमा रोक्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज हुने  फुटबलको सेमिफाइनल खेलमा प्रदेश न १ ले कर्णाली प्रदेशको सामना गर्ने छ । फुटबल र क्रिकेटका खेलहरु २ दिन अघिदेखि नै सुरु भएका थिए भने अन्य खेलहरु शुक्रवारदेखि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्