विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप:बंगलादेशले आयोजक नेपालको सामना गर्दै

<span class='c1'>विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप:बंगलादेशले</span> <span class='c2'>आयोजक नेपालको सामना गर्दै</span>

विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत शनिबार बंगलादेशले आयोजक राष्ट्र नेपालको सामना गर्दैछ।

शहिद रंगशालामा हुने खेलमा दुवै टोली समूह विजेता बन्ने होडमा रहनेछन्। समूह ए मा रहेको दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेकाछन्। दुवै खेलमा पराजित भुटान भने प्रतियोगिताबाट बाहिरिसकेको छ। साफको तीन पटक उपविजेता बनिसकेको नेपालले बंगलादेशविरुद्धको खेलमा कुनै दबाव नरहेको जनाएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपाली टोलीको रेकर्ड राम्रो रहेको बताए।उनले भने, हामी जितका लागि खेल्ने छौ। घरेलु मैदान र दर्शकको पूर्ण साथ पाउने विस्वाससहित मैदान उत्रने टोलीका प्रशिक्षक खड्काले विगत चार खेलमा समेत बंगलादेशलाई दबावमा राख्न सफल भएको बताए।

बंगलादेशबाट सुरु भएको साफको पाचौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुइ पटक भीडन्त भएको छ। जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक पराजित गर्न सफल भएको छ। फिफा महिला वरियताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ। जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ। त्यसैगरि, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार ब्यहोरेको छ।

त्यसैगरि नेपालले पछिल्लो पाँचवटा अन्तराष्टिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ। नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३ शुन्य, भारतलाई १ का विरुद्ध २ र साफमा भुटानलाई तीन शुन्यले पराजित गरेको छ।त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसंग भने पहिलो खेलमा ३ शुन्य र उपाधी भिडन्तमा १ का विरुद्ध ३ गोलले पराजित भएको थियो। त्यसैगरी बंगलादेशले पछिल्लो पाँच अन्तराष्टिय खेलमा ३ मा जित २ मा हार ब्यहोरेको छ।

नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ। ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकीछिन्। त्यसैगरी, टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारीपनि महत्वपूर्ण हतियारका रुपमा रहनेछिन्।भण्डारीले अन्तराष्टिय खेलमा २६ क्याप जितेकीछिन् भने, टोलीमै सर्वाधिक २५ गोल गरेकीछिन्। त्यसैगरि नेपाली टोलीमा युवा गोलकिपर अन्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्नेछ।पहिलो रोजाइको किपर तुम्बाफोले १६ क्याप जितेकी छिन्।

अर्कोतर्फ केही समयअघि भुटानमा आयोजित १८ वर्षमूनिको खेलमा सनसनी मच्चाएकी रेखा पौडेल दोश्रो अन्तराष्टिय खेलका लागि मैदानमा उत्रिनेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्