बिराटनगरको स्वच्छ खानेपानी व्यवस्थापनकाे जिम्मा जाईकालाई दिने तयारी

<span class='c1'>बिराटनगरको  स्वच्छ खानेपानी व्यवस्थापनकाे</span> <span class='c2'>जिम्मा जाईकालाई दिने तयारी</span>

विराटनगर, २  चैत। विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरुबीच शुक्रवार विराटनगरमा छलफल भएको छ। विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो।

जाइकाले महानगर भित्र आबश्यक जग्गाको प्रबन्ध सहित शहरको अवस्था अध्ययन गर्ने समय दिन अनुरोध गरेको छ ।मेयर भीम पराजुलीले नगरवासीहरुलाई शुद्ध खानेपानीको प्रबन्ध मिलाउन जाइकासंग समन्वय र सहयोग मागिएको बताए। उनले जाइकासँगको सहकार्यमा महानगरभित्र १ घर १ धाराको अवधारणा अनुरुप काम गर्न लागिएको जानकारी दिए।

जाइकाको प्रतिनिधि मण्डलका प्रोग्राम एडभाइजर ताकासी साइकीले विराटनगरको खानेपानी अवस्था अध्ययन सहित काम गर्न इच्छुक रहेको बताए।

विराटनगरमा अहिले खानेपानीको अबस्था अत्यन्त दयनिय रहेको छ। ५६ वर्ष अगाडी गाडिएका खानेपानीको पायपहरु प्रायः लिक भएका छन् भने शुद्ध खानेपानी नहुँदा महानगरवासी समस्या भोग्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्