विराटनगर, २ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल र बगलादेश बिचकाे खेल जारी छ । खेलकाे शुरुमै नेपालले आक्रमक प्रदर्शन गरेकाे छ । खेलकाे पहिलाे ६ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ । मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेडमा आत्माघाती गाेलले नेपाललाई फाईदा पुगेकाे हाे । खेलकाे २३ मिनेटमा नेपालकाे तर्फबाट अर्काे गाेल गरेकाे छ । हिराकुमारी भुजेलकाे पासमा साबित्रा भण्डारीले हानेकाे बल नै नेपालकाे लागि दाेश्राे गाेल बन्याे । त्यस्तै मन्जली कुमारी याेन्जनले गाेल थपेकी छिन् । साबित्राकाे पासमा २८ मिनेटमा याेन्जनले गाेल ठाेकेकाे हाे ।