ईलाममा बालिकालाई हप्काएर यौन दुर्ववहार गर्ने एक व्यक्ति पक्राउ

ईलाममा बालिकालाई हप्काएर यौन दुर्ववहार गर्ने एक व्यक्ति पक्राउ

इलाम, चैत २ गते । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका अनुसार बालिका कराएपछि घरका अन्य सदस्यले जानकारी पाएका थिए । बालिकाका आफन्तको उजुरीपछि पाठकलाई शुक्रबार पक्राउ गरेर करणीअन्तर्गत दुव्र्यवहारमा मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्