विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता

विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप:   नेपाल  समुह चरणकाे विजेता

विराटनगर, २ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा  नेपाल  समुह चरणकाे विजेता भएकाे छ । शनिवार विराटनगरकाे शहिद रङ्गशालामा  भएकाे खेलमा ब‌गलादेशलाई ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल समुह चरणकाे विजेता भएकाे हाे ।   खेलकाे शुरुमै नेपालले आक्रमक प्रदर्शन   गरेकाे छ  । खेलकाे पहिलाे ६ मिनेटमा बङ्गलादेशले आत्माघाति गाेल गरेकाे छ ।  मनमायाँ लिम्बुले प्रहार गरेकाे बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनकाे हेडमा आत्माघाती गाेलले नेपाललाई फाईदा पुगेकाे हाे । खेलकाे २३ मिनेटमा नेपालकाे तर्फबाट अर्काे गाेल गरेकाे छ । हिराकुमारी भुजेलकाे पासमा साबित्रा भण्डारीले हानेकाे बल नै नेपालकाे लागि दाेश्राे गाेल बन्याे ।  त्यस्तै मन्जली कुमारी याेन्जनले गाेल थपेकी छिन् । साबित्राकाे पासमा २८ मिनेटमा याेन्जनले गरेकाे गाेल नै निर्णायक बन्याे । आईतवारकाे खेल भारत र श्रीलङ्का बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्