विराटनगरको रानी मिल्स एरीयामा “ईलोक्ट्रो होली फेष्टा २०७५” विशेष मनाईदै

विराटनगरको रानी मिल्स एरीयामा  “ईलोक्ट्रो होली फेष्टा २०७५” विशेष मनाईदै

प्रेम देवान
विराटनगर २ चैत्र । होली पर्व आउन अझै केही दिन बाकी छ । तर यता विराटनगरमा भने होलीको उमङ्ग छाउन थालिसकेको छ । तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई रानी मिल्स एरियाका युवाहरुले यस पटक पनि भब्य रुपमा मनाउने तयारीमा छन् । हरेक बर्ष मनाउदै आएको होली पर्व यस पनि बर्ष पनि फरक रुपमा मनाउने तयारीमा जुटेका छन् ।
विराटनगरमा रहेको मिनु रेष्टुरष्ट तथा मिल्स एरीयामा रहेको ‘रानी युवा समुह’ को सयुक्त आयोजनामा “ईलोक्ट्रो होली फेष्टा २०७५” गर्ने भएको छ । आगामी चैत्र ७ गते होलीको दिन डिजे सहितको उपस्थितीमा होली पर्व मनाउन लागिएको क्लवको अध्यक्ष सज्जन राना मगरले जानकारी दिए । रानी मिल्श एरीयामा रहेको गौतम बुद्ध स्कुल छेउमा विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म होली पर्व विशेष साँगितिक कार्यक्रम सहित मनाउन लागिएको मगरले बताए ।
कार्यक्रममा काठमाडौका एम.डि.जे एन्जल , रुकेन श्रेष्ठ र सिलगुडीका डिजे किलर अमन आउने आयोजक संस्थाका दिवस राईले जानकारी दिए । होली फेष्टालाई विशेष बनाउनको लागि दक्षिण गेट, रघुपती, नयाँ बस्तीका साथै विराटनगर बजार देखि कार्यक्रममा सहभागी हुने आयोजकको दावी छ । होली पर्वलाई विराटनगरको मेनु क्याफे, नेपाल आईस वियरले सहयोग गरेको छ । त्यसैगरी अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्