उदयपुर, ताप्लेजुङ र झापामा भएकाे छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, २ घाइते

उदयपुर, ताप्लेजुङ र झापामा भएकाे छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, २ घाइते

विराटनगर, २ चैत ।  १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा   सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ नम्बरको ट्रिपरलाई ओभरटेक गर्ने क्रममा बा ३७ प ८८३६ नम्बरको मोटरसाईकल ट्रिपरसंग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाईकलमा सवार चालक ईलाम नगरपालिका-८ बस्ने बर्ष ५२ को महेश राई र  मोटरसाईकलको पछाडी सवार निजको श्रीमती बर्ष ५० की युरोपिया राई घाईते भई उपचारको विराटनगरस्थित नोबेल अस्पतालमा  युरोपिया राईको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सान्थाक्रा सिरान खामसाक्पा भन्ने स्थानमा ट्याक्टर दुर्घटनाम १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्  । गोलिया लिएर आउँदै गरेको मे १ त ४९८९ नम्बरको ट्रयाक्टरको अचानक ट्रली पल्टिएर सडकबाट   खसेको थियो । दुर्घटनामा ट्रयाक्टरका सह-चालक जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका-२ बस्ने बर्ष १७ को सुरेन्द्र तामाङको गोलिया र ट्रयाक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै ट्रयाक्टरमा सवार ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ बस्ने बर्ष १६ को टाँसी शेर्पाकाे   जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।

झापाको कमल गाउँपालिका-४ चुलाचुलीमोडमा  बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।   पश्चिमबाट पूर्व जाँदै गरेको गरेको मे. १ ख २५३६ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ८ प ६१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक इलाम माङसेवुङ गाउँपालिका-५ मझुवा बस्ने बर्ष २४ को अजय लिम्बुकाे मृत्यु भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्