पहिलो पटक प्याब्सन अध्यक्ष बनेका पुरीको विराटनगरमा भब्य स्वागत, निजी विद्यालय मैत्री नितीमा जाेड

पहिलो पटक प्याब्सन अध्यक्ष बनेका पुरीको विराटनगरमा भब्य स्वागत, निजी विद्यालय मैत्री नितीमा जाेड

विराटनगर, २ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफ्नो पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा निती निर्माण गर्नु रहेको बताएका छन् । फागुन २८ र २९ गते काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक गृहनगर आएका अध्यक्ष पुरीले यसका लागि सरकारसँग समन्वय गर्ने बताए ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नियन्त्रण गर्न खोजिएको भन्दै अध्यक्ष पुरीले संघिय शिक्षा ऐन बन्दै गरेको अवस्थामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । यतिबेला सवै प्याब्सनिष्टहरुको एउटै एजेन्डा भएकै कारण १४ औं महाधिवेशनबाट एकताको सन्देश दिन सर्वसहमतिमा नेतृत्वचयन गरिएको उनले बताए । उनले निजी विद्यालयका समस्याका बारेमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पनि जानकारी गराइसकेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री र माननीय शिक्षामन्त्रीले निजि विद्यालयका विरुद्ध नभई नियमनसम्मत गर्ने गरि ऐन ल्याउने छ ।’
उनले दुई वर्षे कार्यकालभित्र प्याब्सनको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने र प्याब्सनलाई भरपर्दो, रहरलाग्दो संगठनको रुपमा विकास गर्ने बताए । यस्तै समाजप्रति र राष्ट्रप्रति उत्तरदायी हुने र समग्र नेपालको निजी क्षेत्रको शिक्षालाई पनि राज्यका मुल प्रवाहमा समावेश गर्ने प्रयत्नहरु हुने बताए । उनले भने, ‘समग्र नेपालको शिक्षाको विकासका लागि निजि विद्यालयहरुको भूमिकालाई राज्यले मुल्याकंन गर्ने गरिका प्रयासहरु आगामी दुई वर्षको कार्यकालमा मेरो नेतृत्वको कन्द्रीय प्याव्सनले गर्नेछ ।’
प्याब्सन अध्यक्ष पुरीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न प्रत्येक विद्यालयमा प्रविधिको प्रयोग गरी सोहि अनुरुपको पाठ्यक्रम निर्माणमा जोड दिइने बताए । भौतिक पूर्वाधारमा कमजोर साना विद्यालयहरुको विकासमा समेत ध्यान दिने बताएका पुरीले शिक्षक, कर्मचारी र सञ्चालकहरुको हित अनुकुल हुनेगरि इमरजेन्सी कोषको स्थापना गर्ने बताए ।
. उपत्यका बाहिरको विद्यालयबाट पहिलोपटक अध्यक्ष बनेका पुरीलाई शनिवार विराटनगरमा स्वागत गरिएको छ । प्रदेश, जिल्ला र विराटनगर महानगरकमिटिले अध्यक्ष पुरीलाई स्वागत गर्दै उनको विद्यालय एभरेष्ट सेकेण्डरी स्कुलसम्म पु¥याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्