धुर्मुस सुन्तली फाउण्डेशनलाई बुढीगंगाको स्मृती स्कुलले दियो १ लाख ५० हजार

धुर्मुस सुन्तली फाउण्डेशनलाई बुढीगंगाको स्मृती स्कुलले दियो १ लाख ५० हजार

विराटनगर, २ चैत ।
मोरङको बुढीगंगाको एक निजी स्कुलले धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस तथा अभिावक भेलामा सो रकम हस्तान्तरण गरेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई बिद्यालयकी प्रिन्सीपल रिता न्यौपानेले आफ्नो बुबाको स्मृतीमा १ लाख ५० हजार धुर्मुसको अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने अभियानलाई सहयोग पुग्नेगरी सो रकम हस्तान्तरण गरेकी हुन् । देशकै लागी महान काम गर्दै आएको फाउण्डेशनका लागि सानो भएपनि सहयोग गरेको बताईन् ।
कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले आम नागरिकको तर्फबाट प्राप्त भएको स–साना सहयोगबाट महान काम हुने र उपलब्ध गराईएको रकमलाई महत्वपुर्ण उपलब्धिको रुपमा काम गरेर देखाउने बचनवद्धता ब्यक्त गरे ।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितले सरकारले निजी बिद्यालयलाई ब्यवस्थित गर्न लागेको बताएका छन् ।उनले बजारमा आएर चर्चा भएको जस्तो निजी बिद्यालय बन्द गर्ने उदेश्य सरकारको नरहेको बताए। उनले नाफामुखी बिद्यालयहरुले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेकोले सामाजिक उत्तर दायित्व पुरा गर्ने बिद्यालयहरु प्रति आफ्नो सम्मान रहेको बताए । आफ्नो निर्वाचन क्षेत्र भएकोले पनि उनले बिद्यालयको प्रशंसा गर्दै यस क्षेत्रम बिद्यालयले राम्रो काम गरेको बताए । नाफा मात्र नहेरी सामाजिक क्षेत्रमा लगानी पनि गर्नु पर्ने उनको भनाई छ ।विद्यालयले सोही अवसरमा उत्कृष्ट शिक्षक देशराज केसीलाई नगद ५ हजार, ५ बर्षभन्दा बढी निरन्तर काम गर्ने शिक्षकहरु मध्यबाट २ जना पबित्रा खड्का र बिनोद न्यौपानेलाई नगद १० हजार सहित पुरस्कृत गरेको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले बिद्यालयले दिने शिक्षा नाफामुखी भन्दा पनि सबैलाई शिक्षाको महुँचमा ल्याउनेमा केन्द्रीत हुनु पर्ने बर्ता । त्यस्तै गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले बिद्यालयले गाउँपालिकाममा कक्षा ११ को स्वीकृतीका लागि पेश गरेको निबेदनलाई हेरेर कक्षा ११ का लागि स्वीकृती पैदान गर्ने बताए ।बिद्यालयले बिगत १३ बर्षदेखि ग्रामिण समूदायलाई लक्षित गरी शिक्षा प्रदान गर्दै आएको छ । १३ बर्षसम्म अभिभावकलाई दिएको बाचा बिद्यालयको तर्फबाट पुरा गरेको बिद्यालयकी प्रिन्सीपल न्यौपानेले बताईन । आगामी दिनमा बिद्यालयको तर्फबाट अभिभावकको सहयोग प्राप्त भए स्मृती स्कुलबाट नै स्नातकोतर सम्मको शिक्षा प्रदान गराउन आफु तयार रहेको प्रतिबद्धता जनाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्