विराटनगरमा विद्यार्थीले सुनाए नयाँ विजनेस आइडिया ,झोला देखि अनलाइन किताबसम्मका आईडिया

विराटनगरमा विद्यार्थीले सुनाए नयाँ विजनेस आइडिया ,झोला देखि अनलाइन किताबसम्मका आईडिया

विराटनगर चैत २,

विराटनगरमा युवा उघमशीलता समिट सम्पन्न भएको छ । शनिबार विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको कार्यक्रममा ६ वटा नयाँ विजनेस आइडिया प्रस्तुत गरिएको थियो । चेरी स्टुडियोको आयोजनामा भएको कार्यक्रममा युवाहरुले उद्यमशीलताका बारेमा प्रस्तुति दिएका थिए ।

विद्यार्थीहरुले पुराना फेल्सबाट झोला बनाउने देखि अनलाइन किताब बेच्ने , इभेन्ट म्यानेजमेन्ट , कन्टेनर , कारखाना , लाईभ स्किल तालिम लगायतका नयाँ विजनेसका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विराटनगरका मेयर भिम पराजुली , शिक्षासेवी भेषराज पोखरेल ,  नमस्कार होटलका निर्देशक युनिशराज श्रेष्ठ , ओबि मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल , युवा अभियानकर्मी चांद ईराकी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्