साफ महिला च्याम्पियनसिप : विराटनगरकाे शहिद रङ्गशाला यस्ताे देखियाे (फाेटाेफिचर सहित)

साफ महिला च्याम्पियनसिप : विराटनगरकाे शहिद रङ्गशाला यस्ताे देखियाे (फाेटाेफिचर सहित)

विराटनगर, २ चैत । नेपाल समूह चरणको सवै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशलाई ०-३ गोल गाेलअन्तरले पराजित गर्दै समुह ए को विजेता बनेको हो । खेलको पाँचौं मिनेटमा बंगलादेशकी मसुरा प्रविनले आफ्नो पोष्टतिर आएको बल हेडबाट बचाउन खोज्दा गोल हुन पुगेको थियो ।मसुराको गोलबाट फाइदा लिएको नेपाली टोलीले त्यसपछि आक्रामक खेल खेलेको थियो । नेपालको जितका लागि  शनिवारकाे खेलमा सावित्रा भण्डारी र मन्जलीकुमारी योन्जन गरेकाे गाेल नै नेपालकाे लागि सानदार गाेल थियाे ।  दुवैले भुटान विरुद्धको खेलमा समान एक एक गोल गरेका थिए । नेपालका लागि जीत सुनिश्चित गर्न   पनि उनीहरुकै योगदान रह्यो ।सावित्राले बंगलादेशको पोष्टमा आफ्नो व्यक्तिगत स्कोर खेलको २३औं मिनेटमा गरिन् । बंगालादेशकी किपर रुपना चक्मा गोल पोष्टभन्दा निकै अगाडि आइसकेको थाहा पाएकी सावित्राले ‘ग्रास बल’ लाई क्रस गर्दै सजिलै गोलमा परिणत गरिन् ।नेपालका २८औं मिनेटमै मन्जलीले नेपालका लागि तेस्रो गोल गरिन् । कप्तान निरु थापाले पठाएकाे  बल सावित्राले मन्जलीका लागि मिलाइदिएकी थिइन् ।  शनिबारकाे खेलसहित नेपालले समुह चरणमा कुल ६ गोल गरेको छ । आइतबार भारत र श्रीलंकाबीच हुने समूह बी को अन्तिम खेलको उपविजेतासँगले औपचारिक सेमिफाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्