झापा र खोटाङमा पानीमा डुबेर २ जनाको मृत्यु

झापा र खोटाङमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर, ३ चैत । १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका-२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा  पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका-४ बस्ने लोकेन्द्र लिम्बुको छोरा बर्ष १३ को ईदम लिम्बुको मृत्यु भएको वडा प्रहरी कार्यालय झापाले जनाएको छ ।  साथीहरुसंग खेल्न गएका लिम्बुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ माला भन्ने स्थानमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर २३ महिने नाबालिकाको मृत्यु भएको छ ।गाईघाट-मौरे सडक खण्डमा पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने गोबिन्द बि.क. को छोरी २३ महिना की नाबालिका तुलसा बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्