तेह्रथुमकाे लालीगुराँसमा आगलागी, १० लाख बढीकाे क्षति

तेह्रथुमकाे लालीगुराँसमा आगलागी,  १० लाख बढीकाे क्षति

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ ।  बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, भाडावर्तन, नगद २० हजार जलेर नष्ट हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी टंक बहादुर खड्काको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, गाईगोठ, घर भित्र रहेको सम्पूर्ण सर-सामान र  नगद ३ लाख जलेर नष्ट हुँदा ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्