९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

एजेन्सी ।  अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् । अस्पतालले थेलमा चौका स्वस्थ रहेको पनि जनाएको छ ।

अस्पतालले दिएको बयान अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस २ पाउण्ड १४ औंससम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्