नेकपा अध्यक्ष दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाने

नेकपा अध्यक्ष दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाने

काठमाडौं चैत्र ३।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् । पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ दाहाल आज साँझ अमेरिका जान लागेका हुन् ।

पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचारका लागि अमेरिका जान लागेका हुन् । दाहालले यसअघि भारत र सिंगापुरमा लगेर पत्नीको उपचार गराएको भए पनि स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन । दाहाल दम्पत्तीसँगै उहाँहरुकी छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने कार्यक्रम छ ।

यसअघि २०६५ साल असोजमा भएको संयुक्त राष्ट्र संघको साधारणसभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन दाहाल अमेरिका गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्