गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

बनियानी चैत्र ३ ।

कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् ।

कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्केको सञ्चालकमध्येका मदनले जानकारी दिए । मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ पूर्वमा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले बिर्तामोडमा शाखा विस्तार गरेको उनले बताए ।

“वैशाखभित्रमा दमक र बेलबारीमा पनि सञ्चालन आउने छ”, उनले भने, “तीनवटै स्थानमा स्टेशन सञ्चालन गर्न रु एक करोड २० लाख खर्च लाग्ने छ ।” केएफसी खानकै लागि झापाबाट धेरै मानिस भारतको सिलिगुढी जाने गरेका उल्लेख गर्दै उनले चिकेन स्टेशन खुलेसँगै अब सिलिगुढी धाउनु नपर्ने बताए ।

चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने अर्का सञ्चालक नगेनले बताए । स्टेशन परिसरमा धुम्रपान तथा मध्यपान प्रतिबन्ध गरिएको छ । हाल यहाँ नौ जनाले रोजगारीसमेत पाएका छन् भने तीन वटै स्थानमा सञ्चालनमा आएपछि करिब ४० ले रोजगारी पाउने सञ्चालक बिन्दुको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्