विप्लव माओवादी बारे सरकार कठोर बन्दै, प्रधानमन्त्रीले भने ‘प्रतिबन्ध मात्र हैन अब नियन्त्रण गर्ने’

विप्लव माओवादी बारे सरकार कठोर बन्दै,  प्रधानमन्त्रीले भने ‘प्रतिबन्ध मात्र हैन अब नियन्त्रण गर्ने’

विराटनगर, ३ चैत ।
प्रधानमन्त्री केपी शार्मा ओलीले नेकपाको बिप्लव समुहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाईएको बताएका छन् । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समुहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताएका हुन् ।

विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जन प्रतिनिधि, कर्मचारी, ब्यापारी तथा उद्योगीलाई समेत धम्क्यनउने काम भएकोले लोकतान्त्रीक मुल्य र मान्यतामा चल्ने ब्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताए । ‘सरकार यो बिषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भने, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’ उनले अंतकित गर्ने गतिबिधिमा संलग्न रहेको समुहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अबस्था नरहेको बताए ।
वार्ता समिति बनाएर पटक पटक बार्ताको लागि आब्हान गर्दा समेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समुहको माग नै को हो भन्ने बारेमा उ आफै अन्यौलमा रहेको बताए । अहिलेको गतिबिधि अनुचित र गैह्र संबैधानिक रहेको ओलीको आरोप छ ।
उनले सिके राउतसँग भएको सहमतीको बिषयलाई भने राज्य विखण्डन बिरोध गतिबिधि अन्त्य भएको बताएका छन् । उनले भने, सिके राउतसँग भएको सम्झौताले विखण्डन विरोधीहरुको अन्त्य भएको छ ।’
प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनैपनि त्यस्तो निर्णय नभएको बताएका छन् । ‘अध्यक्ष ज्युले पनि प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भन्ने प्रतिक्रिया दिनु भएको हो, उनले भने, अपुर्ण रहेका मन्त्रालयहरुलाई पुर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्