विप्लवका नेता-कार्यकर्तालाई घुँडामुनि गोली हानेर पक्राउ गर्न निर्देशन

विप्लवका नेता-कार्यकर्तालाई घुँडामुनि गोली हानेर पक्राउ गर्न निर्देशन

काठमान्डौ चैत्र ३ , सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै नेत्रविक्रम चन्द र उनका नेता,कार्यकर्ताको खोजी तीव्र पारेको छ ।सरकारले विप्लव समूहको गतिविधि बढी भएका जिल्लामा सुरक्षाकर्मी बढाएर खोजी कार्य तीव्र बनाएको हो ।

गृहमन्त्रालयका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको छ ।

सरकारले यसबीचमा तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता समेत बढाएको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्