विराटनगरको महेन्द्र मोरङ क्यम्पसमा भ्रष्टाचारको आशंका, खर्चको श्रोत खुलेन

विराटनगरको महेन्द्र मोरङ क्यम्पसमा भ्रष्टाचारको आशंका, खर्चको श्रोत खुलेन

विराटनगर, ३ फागुन ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शिर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ। अबैध रुपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात क्याम्पस प्रशासनले बिद्यार्थीसँग शैक्षिक भ्रमण तथा खेलकुद ब्यवस्थापन र पुस्तकालय सम्बन्धि अध्ययन समिति बनाउने सहमती गरेको थियो । त्यही समहतिका आधारमा क्याम्पसले गठन गरेको अध्ययन समितिले बिद्यार्थी संगठनसँग गरेको छलफलका क्रममा प्रस्तुत गरेको प्रतिबेदनमा क्याम्पस भित्र अनावश्यक र अपारदर्शि किसिमबाट काम भएको पाईएको उल्लेख छ ।
अपारदर्शी हिसाब
जतिपनि क्याम्पस भित्र भएका गतिबिधिमा अध्ययन भ्रमण, फिल्ड भिजिट, सेमिनार, अभिमुखिकरण शिर्षकमा अत्याधिक रकम खर्च गरेको पाईएको हो । तर त्यसरी खर्च गरिएको रकमको उपलब्धि भने नदेखिएको समितिले गरेको अध्ययनमा देखिएको छ । चालु आर्थिक बर्षमा मात्र एउटा संकायले ५ लाख ९९ हजार ७ सय ४० रुपैयाँ अपारदर्शि रुपमा खर्च गरेका छन् । नियमति तर्फका कार्यक्रमहरुमा खर्च हुने रकम शिर्षकका आधारमा खर्च भएको पाईएपनि आन्तरिक कार्यक्रमहरुमा भने दुरुपयोग भएको अध्ययन समितिले फेला पारेको हो ।
खेलकुद शिर्षमा पनि अनाबश्यक रकम खर्च भएको पाईएको छ । समितिले चालु आर्थिक बर्षमा खेलकुदको नाममा ९ लाख ९९ हजार ७ सय ४० रुपैयाँ भन्दा बढी खर्च भएको तथ्य निकालेको छ । तर खेलकुदमा भागलिने संकाय तथा कार्यक्रमहरुले खर्च भएको रकमको औचित्यता प्रष्ट पार्न सकेको छैन । समितीले खेलकुदको नाममा अत्याधिक रकम दुरुपयोग भएको निश्कर्ष निकालेको छ ।
यस्तो छ तथ्यांक
बिबिए कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०७३-०७४मा बिदाई शिर्षमा ३ वटा कार्यक्रम गरेको पाईएको छ । त्यसमा १६ हजार ५ सय ६९ रुपैयाँ खर्च भएको देखिएको छ भने फुटवल फुटवल र क्रिकेटको नाममा ३ लाख ५५ हजार ४ सय रकम खर्च भएको देखिएको छ । त्यस्तै आर्थिक बर्ष २०७४-०७५ देखि चालु आर्थिक बर्षको फागुन मसान्तसम्म बिद्यार्थी संगठनसँग समितिले प्रस्तुत गरेको तथ्यांकलाई हेर्दा क्याम्पसमा संचालित आन्तरिक कार्यक्रमा फुटवल प्रतियोगितामा ३ पटक सहभागी गरेको देखिन्छ । जसमा ६ लाख ६१ हजार २ सय ४० रुपैयाँ खर्च भएको देखिन्छ । क्रिकेटमा ६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ एउटै प्रतियोगितामा सहभागी गराउँदा मात्र खर्च गरेको देखिएको छ । बिबिए कार्यक्रम अन्तरगत क्यम्पसले औद्योगिक भ्रमण एकटक, फिल्ड भिजिट २ पटक, बिदाई कार्यक्रम २ पटक, शैक्षिक भ्रमण २ पटक र अभिमुखिकरण १ पटक गरेको समितिले फेला परेको छ । जसमा १० लाख ९५ हजार ५ सय ९७ रुपैयाँ खर्च भएकोमा शिक्षक तथा कर्मचारी भत्ता सामेल नभएको, अन्य शिर्षकमा भएको खर्च समाबेश नभएकोले यी सबै शिर्षकमा भएको खर्चहरुमा अनियमितता भएको निश्कर्ष समितिको छ ।

चालु आर्थिक बर्षमा एमपिए कार्यक्रम अन्तरगतको कोर्षमा नै उल्लेख नभएको कार्यक्रम होटल प्यासिफिकमा गरेर १ लाख ११ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको पाईएको छ । त्यस्तै आर्थिक बर्ष २०७३-०७४ मा शिर्षक बिहिन कार्यशालाको नाममा क्याम्पसले २ लाख ३ सय ९ रुपैयाँ खर्च गर्नुलाई समेत समितिले शंकास्पद मानेको छ ।
क्याम्पसले बिबिए, एमबिएस र एमपिए कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०७३-०७४ देखि चालु आर्थिक बर्षको फागुन मसान्तसम्म खर्च गरेको कुल रकमलाई ४६ लाख ६ हजार ४ सय ६ रुपैयाँ (जसमा कर्मचारी तथा शिक्षकहरुको दैनिक भ्रमण भत्ता समावेश नभएको) कोर्ष अफ स्टडि भित्र नपरेको समितिले उल्लेख गरेको छ । 
डा. प्रमोद कुमार खेरवार संयोजक रहने गरी शैक्षिक भ्रमण तथा खेलकुद ब्यवस्थापन र पुस्तकालय सम्बन्धि अध्ययन समिति गठन गरेको थियो । २०७५ फागुन १ गते गठित समितिको सदस्यहरुमा डा. जीवन कुमार ढकाल, जयनारायण यादव, डा. अच्युतराज कट्टेल, र डिल्ली पोखरेल छन् । समितिलाई चैत ३ गतेसम्मको समय तोकिएकोमा बिद्यार्थीसँगको छलफल पछि १० दिन समय थप गर्न लागिएको संयोजक खेरवारले बताए । अध्ययनको क्रममा क्याम्पस भित्र हुने खर्चलाई एकै प्रक्रियाबाट गर्नु पर्छ भन्ने समितिको निश्कर्ष रहेको उनले सुनाए । तर समितिले अझै क्याम्पस प्रमुखलाई प्रतिबेदन बुझाएकाे छैन् । समितिका एक सदस्यले  आबश्यक भन्दा बढी खर्च भएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्