विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप : श्रीलंका भारतसँग ५-० गाेल अन्तरले पराजित

<span class='c1'>विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप : </span> <span class='c2'>श्रीलंका भारतसँग ५-० गाेल अन्तरले पराजित</span>

विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ।  भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेसनले खेलको ३६औ मिनेटमा गोल गर्दै भारतलाई तेस्रो गोल दिलाएकी थिइन्।

खेलमा घमासान हुँदै गर्दै अर्की खेलाडी संगीता बासफोरेले भारतलाई चौथो गोल दिलाइन् भने रतनवाला देवी नुइबाथेमले पाँचौ गोल गर्न सफल भइन्।भारतीय प्रशिक्षक मेमोल रोकीले टोलीको लक्ष्य उपाधि जित्नुनै रहेको बताएकीछिन्।साफको पाँचौ संस्करणसम्म आइपुग्दा भारतले कुल २० खेल खेलेको छ।जसमा १९ मा जित र एक मा बराबरी गरेको छ। यसअवधिमा १ सय २० गोल गरेको छ भने ५ गोल आत्मसात गरेको छ।

फिफा वरियतामा ६२ औं स्थानमा रहेको भारतले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ६ शून्यको फराकिलो अन्तरले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्