विराटनगरको कृषि बजारको साँचो प्रदेश सरकारको हातमा, उद्घाटनकै दिन हस्तान्तरण

विराटनगरको कृषि बजारको साँचो प्रदेश सरकारको हातमा, उद्घाटनकै दिन हस्तान्तरण

प्रदेश १ कै नमुना एकिकृत कृषि बजारको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा निर्माण भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एकिकृत कृषि बजार विराटनगरमा निर्माण भएको आधुनिक बजार प्रदेश स्तरकै नमुना कृषि बजार हो ।
करिब १६ करोड ४८ लाख ४९ हजारको लागतमा निर्माण भएको एकीकृत तरकारी तथा फलफूल थोक बजारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।असोजमा निर्माण पुरा भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराउनको लागि रोकिएको थियो । संघीय कृषि तथा पशुपन्छी मन्त्रालयले ब्यवसायीक कृषि तथा ब्यापार आयोजना मार्फत बजार निर्माणको काम शुरु गरेको थियो ।

कटहरी गाउँपालिकामा रहेको जनप्रिय माध्यामिक बिद्यालयको ४ बिगाहा २ कठ्ठा र गाउँपालिकालको ऐलानी जग्गा १८ कठ्ठा २ धुर गरी ५ बिगाहा २ धुरमा बजार निर्माण गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बताए ।
यो जग्गा ५० बर्षको लागि भाडामा लिएर काम शुरु भएको हो । प्रदेश सरकारले कार्यबिधि बनाएपछि निर्माण हुने समितिले तरकारीको दैनिक थोक र खुद्रा निर्धारण गर्नेछ । बजारमा कृषकले आफ्नो उत्पादन आफैं बिक्री गर्न पाउनेछन् ।
१७ हजार ८ सय ८१ वर्ग्मिटर क्षेत्रफलमा निर्माण गरिएको बजारमा थोक बिक्रेताकालागि गोदाम सहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ वर्ग मिटरको सेड, कृषकको लागि आफ्नो उत्पादन आफै बिक्री गर्न १ सय ३८ वर्ग मिटरको सेड निर्माण भएको छ ।

बजारभित्र तीन तल्ले प्राशनिक भवन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना निर्माण गरिएको छ ।
बजारमा बर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलपूmल बिक्री हुने पशुपन्छी विकास मन्त्रायलका सचिव डा. जिसीले बताए । 

एकिकृत कृषि बजारको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले अहिलेसम्म पनि राष्ट्रिय आयमा कृषिको योगदान नभएकोले कृषिका उर्बर भुमीलाई सदुपयोग गर्दै कृषिको उत्पादकत्व बृद्धी गर्दै उत्पादनमा बृद्धी गर्नु पर्नेमा जोड दिए । उनले प्रबिधि, सिचाई, उन्नत जातको बिउ, प्राबिधिक सहयोग, समर्थन मुल्य लगायतका कृषिको उत्पादकत्व बढाउनको लागि सरकार सबै पक्ष समेटेर जान तयार रहेको बताए । उनले आफु कृषकको छोरो, राँगा जोतेको, खोरु जोतेको, तरकारी, सनपाट, धान खेती गरेको स्मरण गर्दै अहिलेको अबसर त्यो बेला नभएको सुनाए ।

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले हस्तान्तरण गरेको बजार कार्यबिधि बनाएर संचालनमा ल्याउने छ । विश्व बैंकको लगानीमा निर्माण भएको कृषि बजारमा बिषादी रहित तरकारीको कारोजार हुने जनाईएको छ । जसका लागि बिषादी मापन यन्त्र समेत राखिने जनाईएको छ । विराटनगर महानगर र कटहरी गाउँपालिकालगायतका उपभोक्ताले बिषादी रहित तरकारी तथा फलफूलको प्रयोग गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्