जंगलमा भएको आगाे गाउँ पस्याे, ३ घरमा क्षति

जंगलमा भएको आगाे गाउँ पस्याे,  ३ घरमा क्षति

तेह्रथुम, ३ चैत। तेह्रथुमको लालिगुराँस नगरपालिका-६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँसम्म फैलिदा ३ घर जलेर क्षति भएको छ ।

आज बिहान   जंगलमा भएको आगलागी फैलिदै गाउँ बसेकाे थियाे । आगलागीबाट सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा माटोले बनेको २ तले कच्ची घर र नजिकै रहेको गाईगोठ समेत जलेर नष्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । यसैगरी छिमेकी समिर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी २ लाख बराबरको र चन्द्र बहादुर लिम्बुको घर जलेर नष्ट हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  आगलागी दिउँसाे मात्र नियन्त्रणमा आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्