लागुऔषध सहित उदयपुरमा १ जना पक्राउ

लागुऔषध सहित उदयपुरमा १ जना पक्राउ

उदयपुर, ३ चैत । उदयपुरको त्रियुगा नगरपालिका-६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज दिउँसो १ प्रहरी चौकी लालपत्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गरेका सिराहाको लाहान नगरपालिका-५ बस्ने १९ बर्षीय मुस्ताक मिँयालाई पक्राउ गरेकाे हाे ।  चेकजाँच गर्दा  उनकाे साथबाट डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका मिँयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्