होलीमा ढोलकको कमाल, विराटनगरमा भारतीय ब्यापारी ढाेलकबाट मालामाल

होलीमा ढोलकको कमाल, विराटनगरमा भारतीय ब्यापारी  ढाेलकबाट मालामाल

प्रेम देवान ।
विराटनगर ३ फागुन ।
गत फागुन २९ गते विराटनगर आईपुगेका भारतको लखनउबाट बिराटनगर आएर ढोलक बेच्दै गरेका ६८ बर्षिय मोजम अली विराटनगर बसपार्क पूर्व खाली चउरमा बसेर ढोलक बनाउने अनि बजारमा लगेर विक्री गर्ने काममा ब्यस्त थिए ।

आँउदै गरेको होली पर्वलाई लक्षित गरी लखनउबाट विरगन्जको भन्सार नाका हुदै उनी बिराटनगर आईपुगेका हुन् । उनी यस अघि काठमाण्डौ लगायत नेपालका मुख्य – मुख्य शहरहरुमा यही सिजनमा पुग्ने गर्दथे । तर उनी यस बर्ष पूर्वी सहर विराटनगरमा आएका हुन् ।
‘मादल बनाउ चाहिने सामाग्री भारतबाटै भन्सार तिरेर ल्याउने गरेको उनले सुर्ना । ढोलक बनाउन रुखको ढोल बनाएर ल्याएका छौ, उनले भने, ‘करिब एक हजार बढी ढोलक ल्याएको छु त्यो बेचेर फर्किने दाउ छ ।’ बनाई सकेका ढोलक ८ सय देखी एक हजार रुप्रयाँसम्म विक्री हुने गरेको अलिले बताए । अलिसँगै ३ जना दिनभरी ढोलक बनाउछन् भने अन्य बाँकी रहेका साथीहरु बनाईसकेको ढोलक बेच्न विराटनगरको बजारहरु पुग्छन् । अहिलेसम्म २ सय बढी ढोलक विक्री भईसकेको अर्का ढोलक ब्यापारी एहेसान मोहम्मदले बताए । बाख्राको छाला, आँप, कटहर, खरी , विभिन्न रङ्ग र केमिकल लगाएर व्यापारीहरु ढोलक तयार पार्ने गर्दछन् । ढोलक अन्य शहर भन्दा विराटनगरमा राम्रो विक्री भएको उनीहरुको भनाई छ ।
विराटनगरमा होलीमा समूह बनाएर ढोलक, मादल, झ्याली, डम्फू जस्ता बाजा बजाएर नाचगान गर्ने चलन छ । विशेष गरी तराईमा बसोबास गर्ने मैथली समुदायमा अझ यसको बढी प्रयोग गरिने प्रचलन रहेको मैथिली भाषा,सँस्कृतीका अभियान्ता प्रविण नारायाण चौधरीले बताए । ‘ पराम्परागत रुपमा चाल्दै आएको रितीरिवाज अनुसार पनि होली पर्वमा ढोलकको बढी प्रयोग गरिएको हो ।’ चौधरीले भने, ढोलकको आवाजले एउटा छुटै तरङ्ग दिने होलीमा नाचगानमा रमाउन मद्दत गर्छ, यसले रमाउन सघाउँछ ।
पहाडी क्षेत्रमा भन्दा पनि तराईमा होली पर्वको रौनकता भने फरक पाईन्छ । होली पर्वमा रङ्ग लगाउने अनि मिठा मिठा परिकार खाने चलन त छ नै यो सँगै मनोरन्जनसँग पनि जोडिएको छ । यो पर्वमा ढोलक र मादल बजाउने र रमाउने समेत गरिन्छ । यही होली पर्वलाई लक्षित गरेर भारतीय ढोलक ब्यापारीहरु नेपालमा देखिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्