विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि विराटनगरको सानदार जित

<span class='c1'>विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि</span> <span class='c2'>विराटनगरको सानदार जित</span>

काठमाडौं । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै ६ विकेटको सहज जित निकालेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए ।विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए । यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्