प्रदेश उत्कृष्ट हुने विद्यार्थीलाई विराट क्षितिज कलेज दियाे नगद पुरस्कार

प्रदेश उत्कृष्ट हुने विद्यार्थीलाई विराट क्षितिज कलेज दियाे नगद पुरस्कार

विराटनगर,३ फागुन । विराटनगर १२ मा रहेको विराट क्षितिज कलेजले सानु कोईरालालाई छैठौ स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । कलेजले विराटनगरमा रहेको होटल कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रम विच छैठौ स्थापना दिवस मनाएको हो । सोही अबसरमा प्रदेश नम्बर एकमा सबैभन्दा बढी अंक ल्याएर पास गर्ने कोईरालालाई सम्मान गरेको हो ।कोईरालाले विएसी.सिएस आइटीमा ८३ प्रतिशत अंक ल्याएर प्रदेश नम्बर एकमा उत्कृष्ट भएकी थिईन् । उनलाई कार्यक्रमका प्रमुृख अतिथी उद्योग, पर्यटन वन , वातावरण मन्त्री जगदिश प्रसाद कुसियतले सम्मान गरे ।
भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै पुराना व्याचका विद्यार्थीलाई विभिन्न सांस्कृतिक मनोरन्जन कार्यक्रमबाट विदाई गरेका थिए ।
कलेजले आयोजना गरेको खेलकुद प्रतियोगितमा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको छ । कार्यक्रममा उद्योग, पर्यटन वन , वातावरण मन्त्री जगदिश प्रसाद कुसियत , कलेजका अध्यक्ष कश्यप विक्रम रायमाझी, प्रिन्सिपल दियो रन्जन डंगोल, प्रवन्ध निर्देशक निरिश श्रेष्ठ, प्रशासन प्रमुख शिव आचार्य, प्रा.डा अर्जुन बराल, प्रा.डा मनोज राउतले कलेज तथा बिद्यालयहरु शैक्षिक रुपमा अब्बल हुनु पर्ने बताए ।
२०६९ सालमा स्थापना भएको कलेज त्रिविबाट मान्यत प्राप्त विएस्सी, सिएसी.सि एस आईटी विषयको अध्यापन गराउँदै आएको छ ।
कलेजले नयाँ बर्षदेखि विस्सिएको पढाई सुरु गरेको कलेजका प्रबन्ध निर्देशक निरिश श्रेष्ठले जानकारी दिए । कलेजले सैदान्तिक ज्ञानसंगै व्यावहारिक रुपमा पनि विद्यार्थीहरुलाई अगाडि बढाउँदै लगेको कलेजका अध्यक्ष कश्यप विक्रम रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्