नेपाली कांग्रेस मोरङको गाउँ अभियान, सुनवर्सीमा गर्यो अन्तरक्रिया

नेपाली कांग्रेस मोरङको गाउँ अभियान, सुनवर्सीमा गर्यो अन्तरक्रिया

विराटनगर, ३ फागुन ।
नेपाली कांग्रेसले गाउँ गाउँमा अभियान चलाउन थालेको छ । जिल्ला समितिको निर्णय अनुसार कांग्रेसले गाउँ अभियानलाई निरन्तरता दिएको हो । सोही क्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को आयोजनामा सुनवर्सी नगरपालिका २ मा बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसलाई आगामी जनजनको पार्टी बनाउने उदेश्यले आयोजना भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका मोरङ सचिव नागेश कोईरालाले पार्टीको गतिबिधिलाई अन्तरक्रिया, छलफल तथा बहसका माध्यामबाट विकासका योजना सहित गाउँ गाउँमा पुग्ने बताए । अहिलेको सरकारले केही गर्न नसकेको उल्लेख गर्दै अर्का सचिव मोदराज घिमिरेले एकले पार्टी भित्रको समस्या समाधान हुँदै गएको अबस्थामा अब जनताको मन जित्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा सहभागी पुर्ब सचिव मदनप्रसाद सँग्रौला, यदुकुमार बिष्ट, क्षेत्रीय सभापति सुमन कुँवर लगायतले कांग्रेसलाई बलियो बनाउन नयाँ योजनाका साथ छलफल र संवादका माध्यामबाट अघि बढ्नु पर्ने बताए । गाउँका समस्यामा एक भएर पहिचान गर्दै घर घरमा पुगेर ति समस्याको पहिचान गरी नागरिकलाई समाधानको बारेमा काम थाल्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्