विप्लव सिन्धुली तिर, प्रकाण्ड दाङमा, सुरक्षा निगरानी पछि पोलिटब्युरो बैठक बसेन

विप्लव सिन्धुली तिर, प्रकाण्ड दाङमा,  सुरक्षा निगरानी पछि पोलिटब्युरो बैठक बसेन

काठमाडौ, ४ चैत । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँच भित्रनै रहेको दावी गरेको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ । केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मा अहिले दाङमा रहेकाले उनको गतिविधिलाई समेत निगरानी गर्न  प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्