उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी, २३ लाख वढीको क्षति

उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी, २३ लाख वढीको क्षति

उदयपुर, ४ चैत । उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार जिल्लाको ताप्ली गाउँपालिका –५, रौतामाई गाउँपालिका –२ र बेलका नगरपालिका –५ मा आगालागी भएको हो ।

ताप्ली गाउँपालिका –५ मा शारदकुमार भुजेलको घरमा आगलागी हुँदा ८२ हजार नगद र चाँदी १० तोलासहित घर पूर्ण रुपमा जल्दा १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिए।

यसैगरी रौतामाई गाउँपालिका–२ जोगिडाँडाका मिन्द्रमाया जोगीको घरमा सोलार लाइन सर्ट भई आगलागी भएको थियो । आगलागीमा काठको २ तले घर, घरमा पालेको ३० वटा परेवा, कुखुरा, तीन लाख रुपैयाँ र घरभित्र रहेको अन्नपात लत्ताकपडा, काठपात जलेर सात लाख बराबरको क्षति भएको एसपी राईले बताए ।

यसैगरी बेलका नगरपालिका ५ का भक्तबहादुर विष्टको काठे घरमा पनि विद्युत सर्ट भएर आगोलागी भएको आगोमा परी काठको २ तले घर, ग्वाली जल्दा दुई लाख क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्