सुनसरीको दुहबीमा रोजगार मेला आयोजना हुने, २ हजारले रोजगारी पाउने

सुनसरीको दुहबीमा रोजगार मेला आयोजना हुने, २ हजारले रोजगारी पाउने

विराटनगर, ४ चैत ।
दुहबीको सरस्वती माध्यामिक बिद्यालयमा बृति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजना अन्तरगत दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त आयोजना तथा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ को सहयोगमा रोजगार मेला आयोजना हुन लागेको हो । चैत ५ गते मंगलवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्न लागिएको हो ।

नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्यले यस क्षेत्रका जनशक्तिलाई स्थानिय उद्योग÷व्यवसाय, बैकिङ्ग, पर्यटन, होटल लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुग्ने आयोजकको दाबी छ । दुहवी, सुनसरीमा पहिलो पटक हुने वृति परामर्श तथा रोजगार मेलाको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । रोजगार मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखी आफनो आवश्यकता अनुसारको मानव शंसाधन खोज्न र रोज्न सहयोग पु¥याउने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले जानकारी दिए ।
वृति परामर्श तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा सूचना प्रदान गर्ने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे जानकारी, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासंग प्रत्यक्ष सम्पर्क, निःशुल्क कार्यस्थलमा आधारित सीपमूलक तालीम सम्बन्धी जानकारी दिइने जनाईएको छ । त्यस्तै मेलामा स्थानीय उत्पादन प्रदर्शनी र रोजगारको अवसर प्राप्त गर्न सकिने जानकारी दिईएको छ ।
एकतर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कातर्फ उद्योग व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेकोले रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने आशा गरिएको घिमिरेले बताए । रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मेलाले मदत पुग्नुका साथै कामको खोजीमा रहेका करिव २ हजार जनशक्तिले मेलामा प्रत्यक्ष सहभागीता जनाएर रोजगारी प्राप्त गर्ने आयोजक दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताए । आयोजक उद्योग संगठन मोरङ, दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिकाले विराटनगरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मेला आयोजनाको बारेमा जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्