काठमाडौँमा पनि बर्डफ्लुकाे संक्रमण , उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँमा पनि बर्डफ्लुकाे संक्रमण , उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँमा पनि बर्डफ्लुकाे संक्रमण देखिएकाे छ । ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएपछि उच्च सतर्कता अपनाइएकाे छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएकाे हाे ।

ती दुवै फार्मबाट गरी करिब २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिएका छन् । उनले गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको बताए ।

बर्डफ्लु फैलन नदिन साे क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे डा यादवकाे भनाइ छ । प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको र अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको उनले जानकारी दिए ।

संक्रमण देखिएकाे निश्चित क्षेत्रभित्रका सबै नष्ट गरी खाडलमा पुरिएकोे र खाली रहेका कुखुरा खोरलाई पनि निःसङ्क्रमण गरिएको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्