विराटनगर बसपार्क नजिकबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर बसपार्क नजिकबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङ, चैत्र ०४ ।

विराटनगर महानगरपालिका-१५ बसपार्क नजिकबाट प्रहरीले आइतवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी वराह नगरपालिका-१ बस्ने बर्ष २० को मोहन शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट प्रहरीले डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभन-८ चक्की बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्