विप्लव समूहबाट ‘चनाखो’ भएर सुरक्षा सतर्कता अपनाउन मुलुकभर प्रहरीलाई निर्देशन

विप्लव समूहबाट ‘चनाखो’ भएर सुरक्षा सतर्कता अपनाउन मुलुकभर प्रहरीलाई निर्देशन

काठमाडौँ, चैत ४।

प्रहरी प्रधान कार्यालयले हिंसात्मक गतिविधिमा संलग्न नेकपा (विप्लव) समूहप्रति ‘चनाखो’ भएर सुरक्षा सतर्कता अपनाउन मुलुकभरका प्रहरी कार्यालय तथा युनिटहरुलाई निर्देशन गरेको छ ।
सरकारले नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । यो समूहले हिंसात्मक तथा उच्छृङ्खल गतिविधि सञ्चालन गर्न थालेपछि समूहमा आवद्ध नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेकाहरुमाथि विभिन्न जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्पष्ट पार्नुभयो ।

जवरजस्ती चन्दा असुलीदेखि बम विष्फोटका घटनामा संलग्न ब्यक्तिमाथि मुद्दा दर्ता भएका छन्, ती ब्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्नै पर्ने हुन्छ उहाँले थप्नुभयो–“अन्य ब्यक्तिको खोजी भइरहेको छ ।”
७७ वटै जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय र ती कार्यालय अन्तर्गतका प्रहरी युनिटहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ । जिल्लाका ग्रामीण बस्तीहरुमा पनि सुरक्षागस्ती बढाउनुका साथै अबैध हतियार बुझाउन अपिल गरिसकेको छ ।

त्यस्तैं, नेपाल सरकारका विशिष्ट ब्यक्तिको शान्ति सुरक्षामाथि नै धावा बोल्ने, सर्वसाधारणको ज्यान लिनेजस्ता आपराधिक घटना एकपछि अर्को हुन थालेपछि विप्लव समूहमाथि प्रतिवन्ध लगाउन सरकार बाध्य भएको बताएको छ ।
सरकारले विप्लव समूहका सम्पूर्ण गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । अबैध हतियार तथा विष्फोटक पदार्थ बरामदका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जवरजस्ती चन्दा आतङ्क, अपहरण तथा बम विष्फोटनका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म ७० जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमाथि हतियार खरखजना, विष्फोटक पदार्थ ओसारपसार तथा चन्दा असुली र धम्की लगायतका विभिन्न मुद्दामा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पूर्वअयोग्य माओवादी लडाकुदेखि विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय नेता तथा कार्यकर्ता छन् ।
सो समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव, पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कन्चन’, अनिल शर्मा विरही र उमा भुजेल ‘शिलु’ भूमिगतशैलीमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्