राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गर्यो

राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गर्यो

काठमाडौँ चैत ४ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आज सोमबारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ ।

मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गरेको हो ।

राजपाले आइतबारको संसद पनि अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर संसद अवरुद्ध गरेका हुन् । सांसदहरुले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्