हेल्थ टिप्स : हाेलीकाे कलरबाट एलर्जी छ ? यसरी खेल्नुहोस होली !!

हेल्थ टिप्स : हाेलीकाे कलरबाट एलर्जी छ ? यसरी खेल्नुहोस होली !!

विशेष पर्व होली आउन केहि दिन मात्र बाँकी छ । बिभिन्न चाँडपर्व आफन्त बिच निकट ल्याउँने एउटा माध्यम पनी हाे । हाेलीमा एकअर्का प्रती रंग लगाएर मनाउँने परम्पररा वर्षाै देखी चलि आएकाे छ । यस दिन आफ्नाे दुःख पीरलाई बिर्सी आफन्त र ईष्टमित्रमा रंग लगाइ निकै रमाइलाे गरी हाेली खेलिन्छ । रंगै रंगको पर्व होलीलाई विशेष रुपले मनाउन विभिन्न उपायहरू अपनाइ रहेकाे पाइन्छ   ।

धेरै व्यक्तीलाइ हाेलीकाे कलरबाट एलर्जी हुने समस्या हुन्छ ।   होली खेल्दा हर्बल मिश्रित कलरको प्रयोग गरिएको छ भने छालामा बढी इफेक्ट गर्छ । त्यसैले हाेली खेल्दा हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । नभए  होलीमा प्रयोग भएका रंगहरुको इफेक्टबाट कसरी बच्न गाह्राे हुन्छ । यी तल दिइएकाे कुरालाई ध्यानमा राखेर हाेली आफूलाई कुनै नोक्सान नपुर्याइ रमाईलो साथ होली खेल्न सक्नु हुनेछ ।

यसरी खेल्नुहोस होली : 

- होली खेल्न जानु भन्दा अगाडी टोनरको प्रयोग गर्नु राम्रो हुन्छ किनकी टोनरले छालाको भित्री भागमा कलरलाई छिर्न दिँदैन् ।

- अनावश्यक कलरले छालामा विभिन्न समस्याहरु आउने भएकाले होली खेल्न निस्कनुभन्दा अगाडी पुरा शरिरमा कपडा लगाएर निस्कने । त्यतिमात्र हैन सकिन्छ भने शरिरमा तोरीको वा अन्य कुनै तेल लगाएर निक्दा झन धेरै राम्रो हुन्छ । यसो गर्नाले छालामा देखिने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

- छालामा कलर लागेपछि विस्तारै नरम कपडाले हटाउनुपर्छ । यदि कलर हटाउन पानीको प्रयोग भएको छ भने कलर सबैतिर फैलिन्छ र छालामा नकारात्मक असर पर्छ ।

- हर्बल तथा प्राकुतिक कलरहरु जस्तै बेसार, निमको पात आदि प्रयोग गरेको कलरले होली खेल्नु हुँदैन् । जसले शरिरको छालालमा नकारात्मक असर पुर्याउने भएकाले त्यस्तो कलर प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

- होली खेल्न निस्कनु भन्दा अगाडी प्रसस्त पानीमा पिउनुपर्छ । केमिकलको प्रयोगले हाइड्रिक हुने सम्भावना धेरै भएकाले पानी बढी पिउनुपर्छ । लामो समय घाममा बस्नु खतराजनक हुन सक्छ ।

- होली खेलेको रंग पखाल्नको लागि साबुन भन्दा फेसियल वा क्जिरको प्रयोग गर्नु उचित हुन्छ ।

- यदि होली खेलेको रंग पखालिसक्दा पनि छाला पोलिरह्यो भने चिसो पानी वा मोइस्च्राईजिङ क्रिम लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्