बेलबारीमा बन्दै गरेको सिर्जना पार्कलाई बुद्ध एअरको २० लाख सहयोग

बेलबारीमा बन्दै गरेको सिर्जना पार्कलाई बुद्ध एअरको २० लाख सहयोग

बेलबारी चैत्र ४ ।

मोरङको बेलबारी १० मा निर्माणधिन अबस्थामा रहेको सृजना पार्ककको घेराबाराका लागी बुद्ध एअर प्रा.लिका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले २० लाख सहयोग गरेका छन ।

यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैया प्रदान गरेका थिए । उनीहरु दुवै तत्कालीन डाँगीहाट गाबिस हालको बेलबारी नगरपालिका निबासी हुन । उनीहरुले यसअघि पनि सो क्षेत्रको बिकास निर्माणका लागी लाखौँ सहयोग प्रदान गरिसकेका छन ।


पार्क निर्माणको पहिलो चरणमा बिभिन्न देशका मुर्तिकारहरुले मुर्तिकार्यशालामा मुर्ति निर्माण सम्पन्न गरिसकेका छन । स्थानीय सृजना सामुदायिक बन उपभोत्ता समुहको बन क्षेत्रमा सो पार्क निर्माण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्