मन्त्री, सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री, बजेट भित्र रहेर काम गर्न निर्देशन

मन्त्री, सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री, बजेट भित्र रहेर काम गर्न निर्देशन

विराटनगर, ४ चैत ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति माग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग मागेका हुन् ।

बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रुपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समिक्षा गर्न निर्देशन समेत दिए । ‘प्रत्येक मन्त्रालयहरुले पाक्षिक रुपमा प्रगति समिक्षा गर्नुहोस् मुख्यमन्त्री राईले निर्देशन दिँदै भने, प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौला ।’
नीति, कार्यक्रम र बजेट शिर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिएका छन् ।राईले असारे विकासमा ध्यान नदिन सचिवहरुलाई निर्देशन दिदै अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नु पर्नेमा जोड दिए । बलियो इच्छाशक्तिका साथ काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गरेका छन् । कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न उनले आग्रह गरे । ‘अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति समिक्षामा प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिए । चार–चार महिनामा मन्त्रालयगत रुपमा समिक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानून सचिव भरतमणी रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्