बंगलादेश र नेपाल विच ब्यपार प्रवर्द्धन गर्न विराटनगरमा छलफल, नेपालको आयात वढी

बंगलादेश र नेपाल विच ब्यपार प्रवर्द्धन गर्न विराटनगरमा छलफल, नेपालको आयात वढी

शिवम् मिश्र/ विराटनगर, ४ चैत । नेपाल र बंगलादेश बिच व्यापार र पर्यटन प्रवर्द्धन गर्न विराटनगरमा छलफल भएको छ । बंगलादेश दूतावासको आयोजना र युथ डेभलपमेन्ट सेन्टर इटहरीको सहकार्यमा छलफल भएको हो । छलफलमा बंगलादेशकी राजदुत मास्फेविन्ते शम्सले नेपाल–बंगलादेश बिचको ब्यापार प्रवर्द्धन गर्न प्रसस्तै संभावना रहेको औल्याईन् ।

राजदुत शम्सले भारतसंग सम्झौता गरि दुबै देश बिच बस सेवा छिटै संचालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरिन् । उनले दुबै देश बिच पर्यटकिय ब्यपार बढाउने र दुबै देशमा भएको पर्यटकीय क्षेत्रमा सम्झौता गरि लगानी गर्ने समेत योजना बनाउनु पर्ने बताईन् । ‘दुबै देश बिच हुने व्यापार घाटालाइ मध्यनजर गर्दै ब्यापार घाटा न्यून गर्न दोहोरो ब्यापार प्रबद्र्धन गर्नुपर्छ, उनले भनिन्, ‘लगानी गर्न सकिने क्षेत्रहरूको पहिचान गर्नसक्नु पर्छ ।’
बंगलादेशले प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरे सिमाना नजिकै रहेर पनि जुन खालको सम्बन्ध हुनु पर्ने हो त्यो अनुसार काम हुन नसकेको बताए । अब बंगलादेशसँगको सम्बन्ध बिस्तार गर्दै बंगलादेशी पर्यटक भित्र्याउने काममा सहकार्य गरेर अगाडि बढ्ने बताए ।
मोरङ्ग व्यापार संघका अध्यक्ष पवन सारडाले बंगलादेश र नेपाल बीच ५ प्रतिशतको व्यापार घाटा रहेको बताए । उनले बंगलादेश बाट १ अर्ब भन्दा बढीको औषधि, जुस, लेदर जस्ता सामग्रीहरु आयत गरेको तर नेपालबाट आयातको १० प्रतिशत मात्र निर्यात गर्न सकेको जानकारी दिए । उनले नेपाल र बंगलादेश बीच राम्रो सम्बन्ध भए पनि व्यापार गर्न नेपाल कमजोर देखिएको स्पष्ट पारे । नेपालले छिटो यो आयात भन्दा पनि निर्यातमा ध्यान दिने बेला आएको बताए । अहिले देखि नै निर्यातमा ध्यान नदिने हो भने ब्यापार घाटा २५ प्रतिशत पुग्ने दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण साहले बंगलादेश संग व्यापार सुरु गर्दा चिनी निर्यात गरेको स्मरण गर्दै अहिले त्यही चिनी आयात गर्नु परेको बताए । नेपाल र बंगलादेश बिचको सहकार्यले दुबै देशलाई राम्रो फाइदा हुने, व्यापार र पर्यटन प्रबद्र्धनले राम्रो उचाइ पाउने उनको दाबी छ । प्रदेश सांसद नबोदिता चौधरीले बंगलादेशले लिएको गति र नेपालले लिएको गती नै फरक भएको बताईन् । उनले छोटो समयमा नै धेरै छिटो प्रगती गर्ने देश बंगलादेश पनि भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्